शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता’

‘जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता’

ग्लोबल प्रोग्रामिङ सम्मेलनअन्तर्गत बुधबार दक्षिण कोरियामा एशिया प्रशान्त क्षेत्रका मन्त्रीको विशेष बैठकमा उनले ठूला अर्थतन्त्रले विश्व तापमान वृद्धि गरेका कारणले उत्पन्न समस्याबाट तापमान वृद्धिमा कुनै योगदान नगर्ने मुलुक पीडित हुनु न्यायोचित नभएको बताए।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएका छन्।

National life

ग्लोबल प्रोग्रामिङ सम्मेलनअन्तर्गत बुधबार दक्षिण कोरियामा एशिया प्रशान्त क्षेत्रका मन्त्रीको विशेष बैठकमा उनले ठूला अर्थतन्त्रले विश्व तापमान वृद्धि गरेका कारणले उत्पन्न समस्याबाट तापमान वृद्धिमा कुनै योगदान नगर्ने मुलुक पीडित हुनु न्यायोचित नभएको बताए।

'जलवायु संरक्षणमा सहयोग ऋणका रूपमा होइन अनुदानमा हुनुपर्दछ । ‘ग्लोबल वार्मिङ’मा योगदान नगर्नेलाई सजाय दिइनु अनुचित हो,' उनले भने, 'यसका लागि योगदानकर्ताबाट हरित ऊर्जा उत्पादनमा आर्थिक सहयोगमार्फत क्षतिपूर्ति गर्न आवश्यक देखिन्छ। जसले गर्दा महत्वाकाङ्क्षी जलवायु लक्ष्य प्राप्त गर्न मद्दत मिल्नेछ।' मन्त्री शर्माले नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि रु सय अर्ब विनियोजन गरेको जानकारी दिँदै निजी क्षेत्रका लगानीकर्ताले हरित ऊर्जामा लगानी बढाइरहेको बताए।

'हामीले सन् २०३० सम्ममा जलवायु क्षेत्रमा ४५ अर्ब अमेरिकी डलरको सार्वजनिक–निजी लगानीको योजना बनाएका छौँ, जसका लागि अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता छ,' उनले भने, 'उद्योग क्षेत्रले ऊर्जाको स्रोतका रूपमा जीवाश्म (पेट्रोलियम) इन्धनको प्रयोगलाई उल्लेखनीयरूपमा घटाएको छ। विकसित अर्थतन्त्रले वातावरण संरक्षणका लागि अहिले जीवाश्म इन्धनमा उल्लेखनीय कमी ल्याउनु आवश्यक छ।'

प्रकाशित: Sep 14, 2022| 23:00 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।