बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • महारानीको शवयात्राका लागि लन्डनको हिथ्रो विमानस्थल बन्द

महारानीको शवयात्राका लागि लन्डनको हिथ्रो विमानस्थल बन्द

बकिङ्घम प्यालेसबाट वेस्टमिन्स्टर हलसम्म महारानीको शव लगिएकाले उडानमा प्रतिबन्ध लगाइएको छ। लण्डनको पश्चिममा रहेको विन्डसरमा सोमबार अन्त्येष्टि नहुञ्जेलसम्म महारानीको शवलाई श्रद्धाञ्जलिका लागि त्यहीँ राखिनेछ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

लन्डन- बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयाको शवयात्राका लागि लण्डनमाथि हवाई यातायातमा रोक लगाइएको हिथ्रो विमानस्थलले जनाएको छ। लण्डनको सबैभन्दा ठूलो विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शवयात्राका समय होहल्लालाई रोक्नका लागि धेरै उडान अवरुद्ध गर्नुपरेको हो।' 

बकिङ्घम प्यालेसबाट वेस्टमिन्स्टर हलसम्म महारानीको शव लगिएकाले उडानमा प्रतिबन्ध लगाइएको छ। लण्डनको पश्चिममा रहेको विन्डसरमा सोमबार अन्त्येष्टि नहुञ्जेलसम्म महारानीको शवलाई श्रद्धाञ्जलिका लागि त्यहीँ राखिनेछ। 

यसैबीच हिथ्रोले सोमबार पनि अवरोध हुन सक्ने संकेत गरेको छ। 'हामी हिथ्रो अपरेसनमा थप परिवर्तनहरू हुन सक्नेछन्। दिवंगत महारानीको अन्त्येष्टिका समय आगामी दिनहरूमा विमानस्थलमा हुने थप अवरोध विस्तारमा सूचनाहरू आउन सक्नेछन्,' विमानस्थलले भनेको छ, 'यी परिवर्तनहरूले निम्त्याउने व्यवधानका लागि हामी क्षमा प्रार्थी छौं, किनकि हामी आगामी घटनाहरूमा प्रभाव सीमित गर्न काम गर्नेछौं।'

ब्रिटिस एयरवेजले बुधबारका यूरोपका लागि तय गरेका आठ वटा उडान रद्द गरिसकेको छ। नागरिक उड्डयन प्राधिकरणको नियामकले सेप्टेम्बर ९ देखि १९ को बीचमा २ हजार ५०० फिट (७६० मिटर) भन्दा तल उड्ने ड्रोन लगायत गैर-मानक विमानमाथि प्रतिबन्ध लगाएको छ।

प्रकाशित: Sep 14, 2022| 20:46 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।