मंगलबार, वैशाख २९, २०८३

नेपालमा ११ हजार नाघे डेंगु संक्रमित

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

National life

काठमाडौं- नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ११ हजार ६५ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१,कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जना डेंगु संक्रमित भेटिएका छन्। हालसम्म ७५ जिल्लामा डेंगु संक्रमित भेटिएका छन्। 

प्रकाशित: Sep 14, 2022| 19:10 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्