शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाँदै परराष्ट्रमन्त्री खड्का

महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाँदै परराष्ट्रमन्त्री खड्का

७० वर्षसम्म शासन सम्हालेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

National life

काठमाडौं– परराष्ट्रमन्त्री नारायण खड्का महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन्। महारानी एलिजाबेथको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीका अनुसार नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री खड्का बेलायत जाने भएका हुन् ।

उनको अन्त्येष्टिमा संसारका विभिन्न देशका सरकार र राष्ट्रप्रमुख सहभागी हुँदैछन्। अमेरिकी राष्ट्रपति जे बाइडेन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, भुटानी राजालगायत महारानीको अन्त्येष्टिमा भाग लिन बेलायत जाने बताइएको छ।

७० वर्षसम्म शासन सम्हालेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो। बेलायतकी महारानी  एलिजाबेथ दुई पटक नेपाल भ्रमणमा आएकी थिइन् भने उनको निधनमा नेपालले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको थियो।

प्रकाशित: Sep 14, 2022| 17:16 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।