बिहीबार, वैशाख १३, २०८१

नेताका चुनावी भाषण: एजेण्डा गौण, गालीमा प्रतिष्पर्धा

नेताहरुको भाषणमा आफ्ना एजेण्डाभन्दा एकअर्काप्रति गरिएको ‘गाली’ धेरै सुनिन्छ। चुनावी एजेण्डालाई गौण राखेर गालीलाई प्राथमिकता दिइरहेका हुन्छन्।
 |  बुधबार, भदौ २९, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, भदौ २९, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरु चुनावी प्रचारप्रसारमा उत्रिसकेका छन्। खरो रुपमा एकले अर्कोलाई प्रतिवाद गर्दै आफ्नो प्रचार गर्नमा नेताहरु तल्लीन छन्। 

triton college

तर नेताहरुको भाषणमा आफ्ना एजेण्डाभन्दा एकअर्काप्रति गरिएको ‘गाली’ धेरै सुनिन्छ। चुनावी एजेण्डालाई गौण राखेर गालीलाई प्राथमिकता दिइरहेका हुन्छन्। पछिल्लो समय राजनीतिक दलका नेतृत्वमा ‘प्रतिक्रियावादी’ चरित्र झनै बढ्दै गएको छ, जसलाई लिएर दिवंगत चिन्तक प्रदीप गिरीले त संसद्को अन्तिम भाषणमा भनेकै थिए- ‘हामीहरुमध्ये प्रत्येकले एकअर्कालाई तल देखाएर, उँचा देखाएर मुखको तितो मात्रै पोख्छौं।’

गिरीले भनेझैं नेताहरुले चुनावी प्रचारमा ‘मुखको तितो’ मात्र पोख्‍ने गरेका छन्। जस्तो- मंगलबार मात्र नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलन उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेसहोल्ड नकटाउने दाबी गरे। ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने दाबी पनि गरे। उनले व्यंग्य गर्दै भने, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्। एक सिटसम्म जिताइदिनू।’

माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको आरोप ओलीले लगाए। भाषणका क्रममा गाली गर्न उनले प्रचण्ड र उनको पार्टी माओवादीलाई समेत छोडेनन्। भने, ‘माओवादी आन्दोलन पनि असफल हुन्छ। माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा पुग्दैन। माधव नेपालजस्तै प्रचण्ड पनि देशै बर्बाद पार्नेमध्येका एक हुन्।’

भदौ २७ गते पनि जनकपुरधाममा ओलीले गठबन्धनप्रति आक्रोश पोखे। चुनाव केन्द्रित रहेर भाषण गरेका ओलीले आफ्ना एजेण्डाभन्दा विपक्षीहरुलाई गाली गर्नमा बढी समय खर्चिए। अहिलेको सत्ता गठबन्धन अत्यन्तै अपवित्र भएको भन्नसम्म भ्याए। 

corrent noodles
Metro Mart

अक्सर नेताहरुले आफ्ना एजेण्डा जनतामाझ सुनाइरहेका त हुँदैनन्, तैपनि अरुको एजेण्डालाई लिएर अमूर्त प्रश्न उठाइरहन्छन्। २७ गतेको कार्यक्रममा पनि ओलीले त्यसै गरे। आफ्नो एजेण्डा स्पष्ट नपारी उनले गठबन्धनको योजनालाई लिएर प्रश्न गर्दै भने, ‘गठबन्धन अपिवत्र कुरा हो। उद्देश्यविहीन, नीतिहीन, गन्तव्यहीन, सिद्धान्तहिन, कार्यक्रमविहीन, योजना नभएको यस्तो गठबन्धन एमालेले गर्दैन।’ 

नेताहरुको भाषणमा आफ्ना एजेण्डाभन्दा एकअर्काप्रति गरिएको ‘गाली’ धेरै सुनिन्छ। चुनावी एजेण्डालाई गौण राखेर गालीलाई प्राथमिकता दिइरहेका हुन्छन्।

भाषणका क्रममा एमाले अध्यक्ष ओलीले गठबन्धनका नेताहरुको अनुहारबाट मुस्कान हराइसकेको समेत बताए। ‘उहाँहरुले मंसिर ४ गतेको परिणाम हेरिसक्नुभएको छ। अहिले उहाँहरुमा हडबडी र त्रास छ,’ गठबन्धन नगरी एमालेतिर हेर्ने आँट अरु दलसँग नरहेको भन्दै उनले थप भने, ‘गठबन्धन नगरी एमालेतिर नहेरे हुन्छ। आँट नगरे हुन्छ। यो कुरा शेरबहादुरजीले राम्ररी बुझ्नुभएको छ। पुष्कपकल दाहालजीले बुझ्नुभएको छ।’ 

भाषणभर ओलीले आफ्ना एजेण्डा सुनाएनन्। पार्टीको आगामी योजना के हो, चुनावी मुद्दा के हो भन्‍ने कुरामा उनी मौन रहे। विपक्षीको कुरा काटेरै मन्तव्य सके।

त्यस्तै, एमालेकै उपाध्यक्ष विष्णु पौडेलको पछिल्लो अभिव्यक्ति पनि उस्तै छ। पार्टीका कार्यक्रममा आफ्नो मुद्दा सुनाउन भन्दा पनि गालीगलौजमा उत्रिन खप्पिस देखिन्छन् उनी पनि। जस्तो- गत शनिबार पौडेलले सत्ता गठबन्धनका दलहरुले 'सिट भागबण्डामा पशुपतिका बाँदरको जस्तो व्यवहार' देखाएको टिप्पणी गरे।

गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदर जस्तै देखिएको बताउँदै पौडेलले भने, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरु एउटाले अर्कोलाई झुक्याएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ।’

गठबन्धनलाई बाँदरको संज्ञा दिँदै तुच्छ शब्दमा गाली गरेका उनी त्यतिमै रोकिएनन्। आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससँग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको टिप्पणी गरे। गठबन्धनमा आबद्ध अन्य दलप्रति तल्लोस्तरको टिप्पणी गर्दै उनले भने, ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो। लात पनि हान्छ। उनीहरुले सगौरव लात खानुपर्छ।’

एमालेकै नेता महेश बस्‍नेत, नवराज सिलवालहरु पनि खुलेरै तल्लो स्तरको गालीगलौजमा उत्रिएका छन्। केही समय अघिमात्र कांग्रेस कार्यकर्ताप्रति लक्षित गर्दै  सिलवालले ‘छौंडा’ शब्द प्रयोग गरेका थिए। ‘४ मंसिरको  चुनाव आउँदै छ। क्षेत्रका सांसदसँग तर्सिएका र डराएका नेपाली कांग्रेसका सम्भावित उम्मेदवारले आफ्ना छौंडाहरू र पकेटभित्रका अनलाइनवालाहरूलाई चरित्र हत्या गर्न खटाइसकेछन्,’ उनले फेसबुकमा लेखेका थिए।

प्रकाशित: Sep 14, 2022| 16:59 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...