शुक्रबार, साउन १, २०८३

देशभरका अस्पताल ठप्प : लाइसेन्स बुझाउँदै चिकित्सक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्।

मुलुकी अपराध संहिता संशोधनका विषयमा सरकारले गरेको सहमति कार्यान्व्यन नगरेको भन्दै चिकित्सकहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन्। 

संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सिललाई आ-आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरेको छ। 
नेपाल मेडिकल काउन्सिल प्रमाण पत्र (लाइसेन्स) बुझाउने तयारी भएको संघले जनाएको छ।

संघले देशभरका १६ शाखाबाट पाँच हजारभन्दा बढी लाइसेन्स संकलन गरेको थियो। संकलन भएका सबै लाइसेन्स काउन्सिलमा बुझाउने निर्णय भएको संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए। 

आज १२ बजेदेखि १ बजेभित्रमा लाइसेन्स बुझाइने संघका अध्यक्ष डाक्टर मुक्ति श्रेष्ठले जानकारी दिए। काउन्सिलको तथ्यांकअनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।