शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निलम्बित प्रधानन्याधीश राणाले लगाएको आरोप पुष्ट्याइँ गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

निलम्बित प्रधानन्याधीश राणाले लगाएको आरोप पुष्ट्याइँ गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

फोरमका कुनै पनि सदस्यले भागबन्डा वा सहुलियत खोजेको आरोप पुष्टि गर्न निलम्बित प्रधानन्यायाधीश राणालाई चुनौती दिइएको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसद्को महाभियोग  समितिमा बहालवाला र पूर्वन्यायाधीशले भागबन्डा खोजेको र नदिएपछि आफूविरुद्ध खनिएको आरोप लगाएपछि पूर्वन्यायाधीश फोरमले पुष्टि गर्न चुनौती दिएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यप्रति राणाले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको हो।

National life

फोरमका कुनै पनि सदस्यले भागबन्डा वा सहुलियत नखोजेको दाबी गरिएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा आफूहरूप्रति अमर्यादित शब्द प्रयोग गरेको दाबीसहित संस्थाको ध्यानाकर्षण भएको बताएका छन्। 

‘संस्थामा आबद्ध पूर्वन्यायाधीशहरूको मर्यादामा आँच आउने गरी राणाबाट व्यक्त बयानप्रति पूर्वन्यायाधीश फोरम खेद प्रकट गर्छ। फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबन्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न चुनौती दिइन्छ,’ फोरमको विज्ञप्तिमा उल्लेख छ।

राणाले बयानका क्रममा पूर्व र बहालवाला न्यायाधीशलाई विभिन्न आरोप लगाएपछि समितिले उनीहरूलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको छ।

प्रकाशित: Sep 14, 2022| 14:52 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।