शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीपबारे 'पर्ख र हेर'को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप

सन्दीपबारे 'पर्ख र हेर'को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि क्रिकेट खेल्न केन्या भ्रमणमा रहेका सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र अनुसन्धानमा सहयोग गर्न नेपाल आउने बताए पनि ६ दिनदेखि सम्पर्कविहीन अवस्थामा छन्।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने चार दिनयता सम्पर्कविहीन छन्। 

National life

सन्दीप ६ भदौमा केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या हुँदै क्यारेबियन प्रिमियर लिगका लागि सेन्ट लुसिया पुगेका थिए। सेन्ट लुसियामा भएकै बेला उनीविरुद्ध नेपालमा गत २१ भदौमा १७ वर्षीया एक नाबलिगले जबर्जस्ती करणीको आरोपमा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्।

नेपाल जानु अघिल्लो दिन सन्दीपले कफी पिउन बोलाएर पटक–पटक करणी गरेको आरोप किशोरीले लगाएकी छन्। सन्दीपविरुद्ध उजुरी परेपछि क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले उनलाई निलम्बन गरिसकेको छ। क्यानले निलम्बन गरेसँगै उनको टिम जमैक तलावाजले क्यारेबियन प्रिमियर लिगबाट पनि सन्दीपलाई हटाएको थियो।

सोही दिन सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र अनुसन्धानमा सहयोग गर्न नेपाल आउने बताएका थिए। तर त्यसपछि एक पटक क्यानको सम्पर्कमा आए पनि त्यसयता उनी क्यानसँग सम्पर्कमा छैनन्। क्यानका सचिव प्रशान्तविक्रम मल्लका अनुसार गत आइतबार आफू नेपाल आउन लागेको र एयरपोर्टमा भएको भनी उनले क्यानलाई जानकारी गराएका थिए। 

उनी स्वदेश आएको भए ४ वटा ट्रान्जिट पार गरेरै पनि मंगलबारसम्म नेपाल पुगिसक्नुपर्ने हो। तर न उनी नेपाल आएका छन्, न त प्रहरी र क्यानलाई नै केही जानकारी गराएका छन्।

नेपाल नआएपछि सन्दीपले बाहिरै बसेरै कानुनी परामर्श लिइरहेको अनुमान प्रहरीको छ। सन्दीप सम्पर्कविहीन भएपछि प्रहरी ‘पर्ख र हेर’को अवस्थामा पुगेको छ। सन्दीप नेपाल फर्किएपछि थप अनुसन्धान अघि बढाइने बताएको प्रहरीले उक्त मुद्दामा उनलाई पर्खिरहेको छ। 

‘सन्दीपले आफैं नेपाल आउने भनेपछि हामीले अन्य प्रक्रिया अघि बढाएका छैनौं,’ काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले भने। उनका अनुसार प्रहरीले अन्तिम विकल्पका रूपमा इन्टरपोलको माध्यमबाट सन्दीपलाई नेपाल ल्याउनेछ। सन्दीप नफर्किए केही दिनमा इन्टरपोलको प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।

के हुन्छ इन्टरपोलको प्रक्रिया?
अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संस्था (इन्टरपोल) विभिन्न देशहरूका प्रहरीबीच सहकार्य गरी अन्तर्राष्ट्रिय स्तरमा आपराधिक गतिविधिविरुद्ध संयुक्त रूपमा कार्य गर्ने संस्था हो। यसमा १९४ देश आबद्ध छन्।

आपराधिक घटनाका अपराधी वा अभियुक्त देशबाहिर रहेको अवस्थामा प्रहरीले इन्टरपोल प्रक्रिया अघि बढाउँछ।

सामान्यतया अदालतले दोषी करार गरी फरार सूचीमा रहेका व्यक्तिलाई इन्टरपोलमार्फत स्वदेश ल्याउने काम हुन्छ। उजुरी मात्रै परेको र अदालतले दोषी करार नगरिसकेका कारण सन्दीपविरुद्ध इन्टरपोल प्रक्रिया सुरु नहुने टिप्पणी सामाजिक सञ्जालमा भइरहेका छन्। तर गम्भीर मुद्दामा पक्राउ पुर्जीकै आधारमा पनि इन्टरपोलको प्रक्रिया अघि बढाउन सकिने नेपाल प्रहरीको इन्टरपोल शाखामा काम गरिसकेका एक पूर्वअधिकारीले बताए।

‘सन्दीपविरुद्ध बलात्कारजस्तो गम्भीर आरोप लागेको छ। यस्तोमा प्रहरीले अदालतको पक्राउ पुर्जीकै आधारमा इन्टरपोल प्रक्रिया अघि बढाउन सक्छ,’ उनले भने। जिल्ला अदालत काठमाडौंले गत बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

मानव अधिकार आयोगकी पूर्वसदस्य अन्सारीको आरोप– सन्दीपलाई प्रहरी र क्यानले भयागो
मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सन्दीपलाई प्रहरी र क्यानले नै भगाउन सहयोग गरेको टिप्पणी गरेकी छन्। बुधबार बिहान ट्वीट गर्दै उनले सन्दीप लामिछाने भाग्नु दण्डहीनता संस्थागत हुनुको परिणाम भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘सन्दीप लामिछाने भाग्नु भनेको दण्डहीनता संस्थागत छ भन्ने परिणाम हो। सन्दीपलाई भगाउनमा प्रहरी र क्रिकेट संघको हात छ।’ 

प्रकाशित: Sep 14, 2022| 14:37 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।