काठमाडौँ- ११ घण्टादेखि अवरुद्ध भएको नोपलको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन् । नेपालगन्जबाट काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रिम विमान शनिबार राति अवतरणका क्रममा धावनमार्गमा चिप्लिँएपछि अबरुद्ध भएको मिानस्थल अझै खुल्न नसकेको हो ।
शनिबार राती करिब साढे ८ बजे त्रिभुवन विमानस्थलमा दुर्घटनमा परेको यति एयरलाइन्सको जहाज अझै हटाइएको छैन। जहाज निकाल्ने प्रयास जारी रहेको र केही बेरमा निकालिने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
विमानस्थल बन्द हुँदा मुलुकको हवाई सेवा ठप्प भएको छ । आन्तरिक र बाह्य सबै उडान र अवतरण बन्द हुँदा यात्रु अलपत्र परेका छन् । दर्जनौं उडान रद्द हुँदा विमानस्थलमा स्वदेशी र विदेशी सयौं यात्रुको बिचल्ली भएको छ ।
नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यत एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएचडब्लूु जहाज शनिबार बेलुकी अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो।
जहाजमा सवार यात्रु भने सकुशल छन्। जहाजमा चालक दलका सदस्यसहित २१ भारतीय पर्यटक थिए। जसमध्य ५ यात्रुलाई साधारण चोट लागेको छ । कोटेश्वरतर्फबाट अवतरणका क्रममा चिप्लिएको जहाजको अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४