शुक्रबार, जेठ १, २०८३

भालुको आक्रमणबाट बाजुरामा एक पुरुष गम्भीर घाइते

बाजुरामा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

National life

धनगढी- बाजुरामा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका-९ का ५९ वर्षीय पुरन सेराला भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

मंगलबार दिउँसो गाउँ नजिकैको मेलडाडा जंगलमा गोरु चराइरहेका बेला उनीमाथि भालुले आक्रमण गरेको बताइएको छ। 

उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनको टाउको, छाति र खुट्टामा चोट लागेको बताइएको छ।

प्रकाशित: Sep 14, 2022| 09:34 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।