बिहीबार, साउन १४, २०८३

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ। आजको बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय गर्ने बताइएको छ। 

बैठक बिहान ९ बजे बोलाइएको छ। आजको समितिको बैठकले पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा टुंगो निस्कर्ष निकाल्नेछ।

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए। जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो।

प्रकाशित: Sep 14, 2022| 09:23 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।