धरान- धरान उपमहानगरपालिका-१५ स्थित बुढासुब्बा चोकमा अन्दाजी दुई वर्षीया बालिका बेवारिसे अवस्थामा भेटिएकी छन्। बाकिकालाई प्रहरीको जिम्मा लगाइएको छ।
मंगलबार राति सडकमा भेटिएकी बालिकालाई इलाका प्रहरी कार्यालयमा खबर गरी प्रहरीको जिम्मा लगाइएको हो। प्रहरी कार्यालयमा बालिका राख्ने ठाउँ अभावका कारण सरस्वती बालआश्रम धरानमा राखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख देउप्रसाद लिम्बुले बताए।
बालिकाको अभिभावक पत्ता लगाउनका लागि सुनसरी भरी प्रहरीमार्फत जानकारी गरिएको लिम्बुले जानकारी दिए।