काठमाडौं- गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको प्रस्ट पारेकी छन्।
विगत लामो समयदेखि एउटा दुखद् घटना भोगिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा आफूविरुद्ध बनेका लज्जास्पद तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेकोसमेत बताएकी छन्।
‘आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला। बाँकी रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत् वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापत्को उक्त रकम लिने मेरो मनसाय पनि छैन,’ उनले लेखेकी छन्।
अधिकारीले आफ्नो अस्मिता रक्षाका लागि अडिग रहेकोसमेत बताएकी छन्। सबैको साथ सहयोग र सकारात्मक विचारले आफ्नो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने उनले आशा व्यक्त गरेकी छन्।