बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १८४ यात्रु बोकेर जापान उडेको जहाजमा धुवाँ देखिएपछि काठमाडौं नै फर्कियो

१८४ यात्रु बोकेर जापान उडेको जहाजमा धुवाँ देखिएपछि काठमाडौं नै फर्कियो

मंगलबार राति ११ बजे जापानको नारिताका लागि उडेको वाइडबडी जहाजमा धुँवा देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएर अवतरण गरिएको बताइएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- जापानको लागि १८४ जना यात्रु बोकेर उडेको नेपाल वायु सेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएसँग‌ै काठमाडौं फिर्ता भएको छ।

मंगलबार राति ११ बजे जापानको नारिताका लागि उडेको वाइडबडी जहाजमा धुँवा देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएर अवतरण गरिएको बताइएको छ।

उक्त जहाज आज बिहान ९ बजे जापान उडानको तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको थियो।

प्रकाशित: Sep 14, 2022| 08:18 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।