शुक्रबार, जेठ १, २०८३

पर्वतमा स्थानीय जातका गाई संरक्षण गरिँदै

स्थानीय जातको गाई लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

पर्वत- पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण सुरु गरिएको छ। स्थानीय जातको गाई लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो। विहादी गाउँपालिकाले पालिकाभित्रका छ वटै वडामा व्यावसायिक वा निर्वाहमुखीरुपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहसमेत गर्ने भएको छ। 

National life

पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ। थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने भन्दै कृषक स्थानीय गाईपालन गर्न छाडेका छन्। पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ। कृषकलाई प्रोत्साहनसहित गाईपालनतर्फ आकर्षण बढाउन यस्तो अभियान थालिएको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए।

गाई अभावमा गाउमा विभिन्न हिन्दू संस्कारमा गाईको दस्तुर भन्दै नगद दक्षिणा राखेर उम्काउने गरिएको छ। यसले हिन्दू धर्म नै सङ्कटनमा पर्ने र हिन्दू धर्मावलम्बी नयाँपुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ। 

नगरपालिकाको यस कार्यक्रममा समावेश हुन गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिए। 

पालिकाले न्यूनतम पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ। जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो। यसअघि जिल्लाका सबैजसो पालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने यसअघि नै सुरु गरेका थिए। 

भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुका रुपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैँसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका छन्। 

यस्तै पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको छ।   -रासस

प्रकाशित: Sep 14, 2022| 07:15 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।