शुक्रबार, जेठ १, २०८३

मेलम्ची बाढी प्रभावितका समस्या सुल्झाउन आग्रह

मङ्गलबार हेटौँडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरूको समस्या समाधान गर्न आग्रह गरे।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

हेटौंडा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरूको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन्।

National life

मङ्गलबार हेटौँडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरूको समस्या समाधान गर्न आग्रह गरे।

उनले जोखिमयुक्त स्थानहरूको निर्माण तथा मर्मतसम्भार गर्न प्रदेश सरकारलाई आग्रह गरे।

प्रदेश सरकारले सो क्षेत्रका लागि उपलब्ध गराएको १० करोडको बजेट पनि समयमै कार्यान्वयन नभएको भन्दै नेता बस्नेतले सयौँ घर विस्थापित भएकामा चिन्ता व्यक्त गरे।

प्रदेश सरकारले पीडितहरूको घर बनाइदिने भनेर निर्णय गरेको भए पनि हालसम्म निर्माण कार्य नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए। उनले हेटौँडामा सडक विस्तार गर्न, व्यवस्थित राजधानीका रूपमा विकास गर्न र प्रदेशको आफ्नै संरचना निर्माण गर्नसमेत सुझाव दिए।   -रासस

प्रकाशित: Sep 14, 2022| 06:44 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।