आज २०७९ भदौ २९ गते तदनुसार १४ सेप्टेम्बर २०२२ बुधबार। अअसोज कृष्ण चतुर्थी पञ्चाङ्ग: ध्रुव बालव अश्विनी , पञ्चमी श्राद्ध।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको लागि नयाँ अवसर आउने छ। निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ। मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। घरपरिवारमा राम्रो छ। बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ। नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ। बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन। परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ। दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ। विवादको योग पनि छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला। घरायसी वातावरणमा केही समस्या देखिन सक्छन्। राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ। ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ। आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ। ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बन्दव्यापार फस्टाउने छ। आम्दानीमा कमी हुने छैन। सानो प्रयासले रोकिएको काम बन्नेछ। पारमार्थिक काममा खट्नु पर्ने समय छ। धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ। कडा परिश्रम व्यर्थै खेर जान सक्छ। सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ। बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मेजमानीको अनुकूलता प्राप्त हुनेछ। दाम्पत्यसम्बन्ध सुखद रहने छ। प्रेमको बन्धनमा बाँधिने बेला छ। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ। स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ। काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ। मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ। आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ। यात्रा लाभप्रद बन्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन्। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। बन्दव्यापारबाट लाभ मिल्नेछ। इष्टमित्रले प्रशंसा गर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ। आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ। घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ। दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ। ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ।