बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भाषिक ज्ञानको अभाव र प्रलोभनमा रुस पुग्‍ने नेपाली विद्यार्थी समस्यामा : दूतावास

भाषिक ज्ञानको अभाव र प्रलोभनमा रुस पुग्‍ने नेपाली विद्यार्थी समस्यामा : दूतावास

रुसी महासंघको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

मस्को- रुसी महासंघको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ।

दूतावासले आज एक विज्ञप्तिमार्फत विद्यार्थी प्रवेशाज्ञामा रूसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्न सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ। रुसी महासङ्घस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।

नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रमार्फत विद्यार्थी प्रवेशाज्ञामा रुस जाने नेपालीले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको, ‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायत विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया पुग्ने गरेका छन्। तर परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण रुसमा कष्टकर दैनिकी भोगिरहेका नेपालीले हाल नेपाल फर्किन सहजीकरण गर्नका लागि अनुरोध गर्दै दूतावासमा सम्पर्क गर्दै आएका छन्।

तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घरपरिवारबाट समेत अनुरोध भई आएको दूतावासको विज्ञप्तिमा उल्लेख छ। रुसी महासङ्घका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा एवं नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीलाई यथेष्ट अवसर रहेका छन्। तर भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने विद्यार्थी अनेकन समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ।

दूतावासले विद्यार्थी प्रवेशाज्ञामा रुसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नु हुन सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ। उक्त विषयमा थप जानकारीका लागि दूतावासका सुशील घिमिरे (द्वितीय सचिव) +74992419313, +79680702815 र राजकुमार बस्नेत (सहचारी)+74992419512, +79684602225 लाई सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ।

kumari

प्रकाशित: Sep 13, 2022| 22:26 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।