बुधबार, फागुन २०, २०८२

पाकिस्तान : ६ महिनामा बालहिंसाका २२ सय घटना दर्ता

घटना विवरणहरू हेर्दा सामान्यत बलात्कार, यौन दुर्व्यवहार, अस्वभाविक स्पर्शलगायत घटना धेरै भएको देखिएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

इस्लामावाद- पाकिस्तानमा पछिल्लो ६ महिनामा बाल हिंसा सम्बन्धी २ हजार २ सयभन्दा बढी घटना दर्ता भएका छन्। हालै गरिएको एक अध्ययनले बालहिंसाका मात्र नभएर समग्र हिंसाका घटनाको संख्यामा वृद्धि भएको उल्लेख गरेको हो। 

बाल हिंसा केटा तथा केटी दुवै लिङ्गमाथि भएको पाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। बालहिंसाका कुल घटनामध्ये बालकहरूविरुद्ध एक हजार चार घटना भएका छन् भने बालिकाविरुद्ध एक हजार २०७ घटना भएका छन्। 

ती घटना विवरण देशका ७९ पत्रिकाहरूमा प्रकाशित समाचार तथा विवरणहरूका आधारमा तयार पारिएको पनि त्यस संस्थाका पदाधिकारीहरूले जनाएका छन्।

घटना विवरणहरू हेर्दा सामान्यत बलात्कार, यौन दुर्व्यवहार, अस्वभाविक स्पर्शलगायत घटना धेरै भएको देखिएको छ। 

प्रतिवेदनमा ८०३ बालबालिकाहरू अपहरणमा परेको उल्लेख गरिएको छ। तीमध्ये २९८ बालक अपहरणका घटना रहेका छन् भने २४३ ओटा बालिका अपहरणका घटना रहेका छन्। 

kumari

प्रतिवेदनका अनुसार सबैभन्दा धेरै घटना पन्जाबमा भएको पाइएको छ। पन्जाबमा एक हजार ५६४ घटना हुँदा दोस्रो धेरै सिन्ध प्रान्तमा ३३८ घटना दर्ता भएका छन्। 

त्यसैगरी राजधानी इस्लामावादमा १९९, केपीकेमा ७७ र बलुचिस्तानमा २३ ओटा बाल हिंसाका घटना भएको देखिएको छ। बाँकी दश घटना भने अजाद जम्मु र कश्मिरमा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  घटना मध्ये ५२ प्रतिशत घटना शहरी क्षेत्रमा भएको देखिएको छ। ग्रामीण क्षेत्रमा भने ४८ प्रतिशत घटना भएका छन्। 

बाल हिंसा पाकिस्तानको ठूलो समस्या र चुनौतीका रुपमा रहेको अध्ययनमा संलग्न पदाधिकारीहरूको भनाई छ। यसलाई राज्यले उच्च महत्व दिएर न्यूनिकरणका उपायहरू तत्कालै अपनाउनु पर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रकाशित: Sep 13, 2022| 21:41 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।