सोमबार, असार १, २०८३

आर्यनको प्रमुख भूमिका रहने ‘सायरा’ को निर्माण घोषणा

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसि रहेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी भाषा मार्फत विश्वबजारमा लैजाने म सहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ पुस्करले बताए।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्‍ने फिल्म ‘सायरा’ को घोषणा भएको छ। मंगलबार होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ’सायरा’ मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ। पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ। 

National life

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसि रहेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी  भाषा मार्फत विश्वबजारमा लैजाने म सहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ पुस्करले बताए। 

निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। ‘मलाइ निर्देशकको रुपमा चयन गर्नु भएकोमा उत्साहित छु। हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ’ उनले बताए। 

फिल्ममा आर्यन सिग्देल , सुफिया सिद्दिकी , कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहने छ। फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिटै जानकारी दिने समेत प्रस्तुतकर्ता रघुले बताए। फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए। ‘फिल्म कसरि बन्छ सँगै कसरि प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रष्ट छ। त्यसैले पनि काम गर्न उत्साहित छु’ आर्यनले भने। 

डान्सिङ् रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्म मार्फत डेब्यु गर्दैछिन्। उनले टिमले आफूलाई जोडिन मदत गरेको बताइन। ‘म राम्रो डेब्युको खोजिमा थिएँ। भने झैँ टिम पाउँदा डेब्यु गर्दैछु। भूमिका पनि सुहाउँदो छ’ उनले भनिन्। दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ। यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ।

Shivam cement

यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन्। यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो। उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म निर्माण गर्न लागेको बताए।

प्रकाशित: Sep 13, 2022| 19:30 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।