शनिबार, असोज १०, २०८३

एकाएक सामाजिक सञ्जालबाट हराइन् अभिनेत्री पूजा शर्मा

उनले सामाजिक सञ्जालमा अन्तिममा पोस्ट गरेको लेख यस्तो छ, 'यही कुरा मेरो नि मनमा आइरहन्छ। मलाई थाहा छैन किन यति पछि लाग्छ मेरो। न मैंले फेरि कसैको केही बिगारेकी छु। राम्रो सोचले केही गर्छु भनेर यो इन्डस्ट्रीमा आएँ तर...।’
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- आफ्नै बोलीका कारण विवादमा तानिने गर्छिन्, अभिनेत्री पूजा शर्मा। कहिले चलचित्र चलाउने स्टण्ट गर्छिन् त कहिले चलचित्रकर्मीलाई साथ र सहयोगका लागि सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहन्छिन्। तर, ‘समालिन्छ कहिले यो मन’ चलचित्र प्रदर्शनमा आए यता पूजा शर्मा सामाजिक सञ्जालमा निस्क्रिय भएकी छन्। 

शर्मा सामाजिक सञ्जालबाट टाढा भएकोमा उनका शुभचिन्तकले विभिन्‍न माध्यमबाट दुःख व्यक्त गरेका छन्। कतिपयले उनका सामाजिक सञ्जालका अकाउन्ट ह्याक भएको आशंका गरेका छन्। 

पल प्रकरणमा एक आरोपीलाई साथ दिएको भन्दै उनीविरुद्ध सामाजिक सञ्जाल खनिएका थिए भने ‘ऋषि धमलाको’ धमलाको हमलामा बालेनप्रति दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो। उनको उक्त क्लिक फेसबुक, टिकटक लगायतमा भाइरल बनेको थियो।

उक्त क्लिप भाइरल भएपछि उनीप्रति थुप्रै मानिसहरूले आलोचना गरेका थिए। शनिबार अन्तिम पोस्ट राख्दै नायिका पूजा शर्मा सामाजिक सञ्जालबाट गायब भएकी हुन्। 

उनले सामाजिक सञ्जालमा अन्तिममा पोस्ट गरेको लेख यस्तो छ, 'यही कुरा मेरो नि मनमा आइरहन्छ। मलाई थाहा छैन किन यति पछि लाग्छ मेरो। न मैंले फेरि कसैको केही बिगारेकी छु। राम्रो सोचले केही गर्छु भनेर यो इन्डस्ट्रीमा आएँ तर...।’

प्रकाशित: Sep 13, 2022| 19:24 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।