शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहकारी संस्थालाई १५ दिनभित्र हाजिर हुन महानगरको पत्र

सहकारी संस्थालाई १५ दिनभित्र हाजिर हुन महानगरको पत्र

साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभा गरी महानगरमा प्रतिवेदन पेस गर्न ताकेता।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरले सहकारी संस्थाहरूलाई १५ दिनभित्र आवश्यक विवरण बुझाउन सूचना जारी गरेको छ। महानगरले १५ दिनभित्र आफ्नो विवरणसहित हाजिर हुन सूचित गरेको हो। साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभा गरी महानगरमा प्रतिवेदन पेस गर्न भनिएको छ। 

सदस्य संख्या, सेयर पुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेस गरे÷नगरेको उल्लेख गरी महानगरमा प्रतिवेदन बुझाउनुपर्ने महानगरको सूचनामा उल्लेख छ। 

महानगरले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिका लागि अनुरोध गर्न भनेको छ। लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न महानगरले सचेत गराएको छ।

प्रकाशित: Sep 13, 2022| 16:11 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।