बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले समितिलाई दिए ४३ प्रश्नको उत्तर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले समितिलाई दिए ४३ प्रश्नको उत्तर

राणाको बयानमा प्रतिप्रश्न गर्न पुनः बोलाउने छानबिन समितिको तयारी।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न गठित संसद्को महाभियोग सिफारिस समितिले ४३ वटा प्रश्न सोधेको छ।

राणालाई समितिले विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको समिति सदस्य कृष्णभक्त पोखरेलले बताएका हुन्। राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले पुनः बोलाउने भएको छ।

बयानका क्रममा आफ्नो बचाउ गर्दै राणाले अरू प्रधानमन्त्री देउवादेखि प्रचण्ड र सर्वोच्चकै न्यायाधीशसमेतलाई विभिन्न आरोप लगाएका छन्। राणाले बयानका क्रममा नाम लिएकासँग समितिले छलफल गर्ने भएको छ।

समितिले नेपाल बार एसोसिएनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीशलगायतलाई बोलाउने निर्णय गरेको सचिव लक्ष्मीप्रसाद गौतमले बताए। समितिले गत १५ भदौबाट राणासँग बयान लिन सुरु गरेको थियो।

प्रकाशित: Sep 13, 2022| 16:03 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।