शनिबार, असोज १०, २०८३

सिनेमाघरलाई १५ दिनभित्र हल नवीकरण र कर बुझाउन बोर्डको ताकेता

बोर्डले दिएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शन अनुमति नदिइने।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– चलचित्र विकास बोर्डले हल सञ्चालकलाई हल नवीकरण गर्न र कर बुझाउन १५ दिने अल्टिमेटम दिएको छ। बोर्डले पटक–पटक हल सञ्चालकलाई पत्र काटेर कर बुझाउन र नवीकरण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि समय तोकेरै अल्टिमेटम दिएको हो।

हल सञ्चालकले कर तिर्न बेवास्ता गरेपछि सोमबार बसेको बोर्डको बैठकले अल्टिमेटम दिएको हो। बोर्डले दिएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शन अनुमति नदिइने निर्णय बैठकको छ। 

चलचित्र विकास बोर्डले २०७६ बाट बक्स अफिस प्रणाली लागू गरेको थियो। कोभिड महामारीका कारण लामो समय बन्द भएका हल १ चैत २०७८ बाट नियमित रूपमा सञ्चालनमा आएका थिए। तर हालसम्म केही चलचित्र घरको बक्स अफिस प्रणालीको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टममा डाटा प्राप्त नभएको बोर्डले १३ वैशाख २०७९ मा निकालेको सूचनामा उल्लेख छ।

सूचनामा आर्थिक ऐन, २०७८ अनुसार चलचित्रघरले विदेशी चलचित्र प्रदर्शन गर्दा असुलउपर गरेको चलचित्र शुल्कबापतको रकम प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने र नबुझाए शुल्कको २५ प्रतिशत जरिमाना लाग्ने बोर्डले जनाएको छ । विद्युतीय प्रणाली प्रयोग गरी टिकट जारी गरिरहेका सिनेमा हलले बोर्डले तयार पारेको बक्स अफिस प्रणालीमा अन्तरआबद्ध भई आन्तरिक राजस्व विभाग र बोर्डलाई तत्कालै रियल टाइम डेटा उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको छ। 

बोर्डले तोकिएको समयसीमाभित्र चलचित्रघरले बक्स अफिस प्रणाली कार्यान्वयन नगरे, चलचित्र विकास शुल्क नबुझाए र तोकिएको समय चलचित्र प्रदर्शन इजाजतपत्र नवीकरण नगरेको भए १५ दिनभित्र गरिसक्न आग्रह गरेको छ।

प्रकाशित: Sep 13, 2022| 15:03 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।