सोमबार, मंसिर १८, २०८०

सिनेमाघरलाई १५ दिनभित्र हल नवीकरण र कर बुझाउन बोर्डको ताकेता

बोर्डले दिएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शन अनुमति नदिइने।
 |  मंगलबार, भदौ २८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– चलचित्र विकास बोर्डले हल सञ्चालकलाई हल नवीकरण गर्न र कर बुझाउन १५ दिने अल्टिमेटम दिएको छ। बोर्डले पटक–पटक हल सञ्चालकलाई पत्र काटेर कर बुझाउन र नवीकरण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि समय तोकेरै अल्टिमेटम दिएको हो।

sagarmatha cement

हल सञ्चालकले कर तिर्न बेवास्ता गरेपछि सोमबार बसेको बोर्डको बैठकले अल्टिमेटम दिएको हो। बोर्डले दिएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शन अनुमति नदिइने निर्णय बैठकको छ। 

चलचित्र विकास बोर्डले २०७६ बाट बक्स अफिस प्रणाली लागू गरेको थियो। कोभिड महामारीका कारण लामो समय बन्द भएका हल १ चैत २०७८ बाट नियमित रूपमा सञ्चालनमा आएका थिए। तर हालसम्म केही चलचित्र घरको बक्स अफिस प्रणालीको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टममा डाटा प्राप्त नभएको बोर्डले १३ वैशाख २०७९ मा निकालेको सूचनामा उल्लेख छ।

सूचनामा आर्थिक ऐन, २०७८ अनुसार चलचित्रघरले विदेशी चलचित्र प्रदर्शन गर्दा असुलउपर गरेको चलचित्र शुल्कबापतको रकम प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने र नबुझाए शुल्कको २५ प्रतिशत जरिमाना लाग्ने बोर्डले जनाएको छ । विद्युतीय प्रणाली प्रयोग गरी टिकट जारी गरिरहेका सिनेमा हलले बोर्डले तयार पारेको बक्स अफिस प्रणालीमा अन्तरआबद्ध भई आन्तरिक राजस्व विभाग र बोर्डलाई तत्कालै रियल टाइम डेटा उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको छ। 

बोर्डले तोकिएको समयसीमाभित्र चलचित्रघरले बक्स अफिस प्रणाली कार्यान्वयन नगरे, चलचित्र विकास शुल्क नबुझाए र तोकिएको समय चलचित्र प्रदर्शन इजाजतपत्र नवीकरण नगरेको भए १५ दिनभित्र गरिसक्न आग्रह गरेको छ।

प्रकाशित: Sep 13, 2022| 15:03 मंगलबार, भदौ २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।