शुक्रबार, जेठ १, २०८३

सडक खाली गर्न मिटरब्याज पीडितमाथि बल प्रयोग निरन्तर

सुदखोरबाट प्रताडित मिटरब्याज पीडितहरू ४२ दिनदेखि न्यायका लागि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन्। दिनभर माइतीघरमा प्रदर्शन गरी उनीहरू कीर्तिपुरस्थित खुला मैदानमा पाल टाँगेर रात कटाइरहेका छन्।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- मिटरब्याज पीडितमाथि प्रहरीले मंगलबार पनि धरकपड गरेको छ। नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष (सभामुख) ली चान्सु नेतृत्वको टोली काठमाडौंमा रहेका बेला सडक खाली गरिरहेको प्रहरीले पीडितहरूमाथि बल प्रयोग गरेको हो। 

National life

सुदखोरबाट प्रताडित मिटरब्याज पीडितहरू ४२ दिनदेखि न्यायका लागि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन्। दिनभर माइतीघरमा प्रदर्शन गरी उनीहरू कीर्तिपुरस्थित खुला मैदानमा पाल टाँगेर रात कटाइरहेका छन्। 

यसैक्रममा सोमबार लीको भ्रमणलाई व्यवस्थित पार्न प्रहरी बिहानै उनीहरू बसेकै ठाउँमा गई रोक्न खोजेको थियो। प्रहरीले पीडितलाई लिन आएको गाडी रोकेपछि उनीहरू हिँडेरै प्रदर्शन गर्न माइतीघर आउन थालेपछि प्रहरी कीर्तिपुर गेटनजिक बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको थियो। 

मंगलबार पनि पीडितहरू प्रदर्शनका लागि माइतीघर पुगेका थिए। माइतीघर पुगेर शान्तिपूर्ण धर्ना दिने क्रममा प्रहरीले आफूमाथि आक्रमण गरेको मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष रमसुरत गुप्ताले बताए। धर्नामा बसेका ३० जनालाई पक्राउ गरेर प्रहरीले लगेको जानकारी गुप्ताले दिए।

प्रकाशित: Sep 13, 2022| 14:48 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।