शुक्रबार, जेठ १, २०८३

नेपालले पाकिस्तानलाई पठायो राहत सामग्री

पाकिस्तानलाई नेपालले उपलब्ध गराएको सहायता सामग्री हालसम्मकै ठूलो परिमाणको रहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं–नेपाल सरकारले बाढीपहिरोको विपद्मा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टन बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।

National life

पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनापीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले बताएको हो। उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडीए ३३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो ।

विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरुप २२ टन बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधी तथा राहत सामग्री पठाइएको जानकारी दिइन्।

यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालले बताइन्। नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वय परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलबाट भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 13, 2022| 14:25 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।