शनिबार, असोज १०, २०८३

हिमालय सेफर्डलाई ढाका डकल्याबको ग्लोबल फिल्म एन्ड इनिसिएसिभ अवार्ड

हिमालय सेफर्डले २ हजार युरोको उक्त अवार्ड जितेको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– हिमालय सेफर्डले ढाका डकल्याबको ग्लोबल फिल्म एन्ड इनिसिएसिभ अवार्ड जितेको छ। गत अगस्त अन्त्यमा बंगलादेशमा भएको ढाका डकल्याबमा ५६ वटा वृत्तचित्रको आवेदन परेको थियो। 

उक्त ल्याबमा सर्टलिस्टमा परेको हिमालय सेफर्डले २ हजार युरोको उक्त अवार्ड जितेको हो। हिमालय सेफर्ड हिमाली क्षेत्रमा जलवायु परिवर्तनले आदिवासीमा पारेको समस्याको विषयलाई समेटेर बन्न लागेको डकुमेन्ट्री हो। 

ल्याबमा १३ वटा डकुमेन्ट्री सर्टलिस्टमा परेका थिए। नेपाल, भारत, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, वेल्स, फिलिपिन्स र चीन प्रतिस्पर्धामा थिए। यसमध्ये २ हजार युरोको इमर्जिङ ट्यालेन्ट अवार्ड बंगलादेशको ‘घोस्ट पोड’ले जितेको छ। 

सन् २०२३ को सुरुआतमा छायांकनमा जाने हिमालय सेफर्डले हाल अन्तर्राष्ट्रिय डकुमेन्ट्री ल्याबमा प्रतिस्पर्धा गरिरहेको छ। यसका निर्देशक आभाष रिजाल र निर्माता सुशीलदेव पाण्डे हुन्।

प्रकाशित: Sep 13, 2022| 14:13 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।