शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले आरोप लगाएकाहरूसँग बयान लिने समितिको निर्णय

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले आरोप लगाएकाहरूसँग बयान लिने समितिको निर्णय

आवश्यकताका आधारमा जबराले आरोप लगाएका नेताहरूलाई पनि सोधपुछका लागि बोलाउन सकिने समितिको निष्कर्ष।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि सोधपुछका लागि बोलाउने निर्णय गरेको छ। समितिले पाँचौँ दिन मंगलबार जबरासँग अन्तिम बयान लिँदै छ। समितिले उनलाई सोध्न ४३ प्रश्न तयार पारेकामा यसअघिका चार बयानका बेला ३५ प्रश्न सोधिसकेको छ। 

National life

मंगलबार बाँकी ८ प्रश्न सोधेसँगै जबरासँगको बयान सकिनेछ। मंगलबार जबरासँग लिइने बयान सकिनुअघि समितिको बैठक बसेको थियो। बैठकले जबराले संगीन आरोप लगाएका पूर्वन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारीलाई बोलाउने निर्णय गरेको समिति सदस्य कांग्रेस सांसद मीन विश्वकर्माले बताए।

यद्यपि समितिले सोधपुछका लागि क–कसलाई बोलाउँछ भन्ने तय भइसकेको छैन। आवश्यकताका आधारमा जबराले आरोप लगाएका नेताहरूलाई पनि सोधपुछका लागि बोलाउन सकिने विश्वकर्माले जानकारी दिए।

जबराले बयानका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतालाई संगीन आरोप लगाएका छन्। 

यसैगरी उनले तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सचिव लीलामणि पौडेललाई पनि मुछेका छन् भने आफ्नै सहकर्मी न्यायाधीशहरूलाई विभिन्न आरोप लगाएका छन्।

प्रकाशित: Sep 13, 2022| 13:53 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।