सोमबार, असार १, २०८३

३१ भदौमा सार्वजनिक गरिँदै मतदाता नामावली

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमन गर्दै आयोग।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ३१ भदौमा मतदाता नामावली सार्वजनिक गर्ने भएको छ। आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेकाले ३१ भदौमा सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका हुन्। 

National life

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा थपलियाले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी ४ मंसिरको निर्वाचन सम्पन्न गर्ने तयारीमा आयोग रहेको उनको भनाइ छ।आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमन व्यवस्था गरिरहेको बताएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले दल र तिनका उम्मेदवारलाई निर्वाचन आचारसंहिता र कानुन विपरीतका गतिविधि हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको धारणा व्यक्त गरे। 

उनले भने, ‘निर्वाचनमा दल र उम्मेदवारबाट हुन सक्ने अपारदर्शी, आचारसंहिता र कानुन विपरीतका खर्च छन्। त्यसको नियमन हाम्रो प्रक्रियाबाट गर्छौं। सूक्ष्म अनुगमन गर्छौं भनेका छौं। केही विवरण लिएकै छौं। दलहरु र उम्मेदवार स्पष्ट भए अनुमगन गर्ने झन्झट हुँदैन थियो।’

प्रकाशित: Sep 13, 2022| 11:18 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...