बिहीबार, साउन १४, २०८३

सवारी मुद्दाका फरार आरोपित पक्राउ

सप्तरीको सुरुङगा नगरपालिका-२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

सप्तरी- सवारी ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। सप्तरीको सुरुङगा नगरपालिका-२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो। कैद ठहर गरी फैसला गरेपश्चात् फरार रहेका दाहाललाई खोजतलासको क्रममा आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाउन लागिएको छ।

उदयपुरगढी गाउँपालिका–७ की ३१ वर्षीया सुशीला तामाङले स१त ५५५९ नंका ट्रयाक्टर धनी दाहालविरुद्ध उजुरी दिएका थिए। फैसला कार्यान्वयन अन्तर्गत गत वर्ष सप्तरी प्रहरीले चार सय चार जनालाई पक्राउ गरेको थियो। 

प्रकाशित: Sep 13, 2022| 10:47 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।