बुधबार, वैशाख १२, २०८१

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।
 |  मंगलबार, भदौ २८, २०७९

भानु बोखिम

भानु बोखिम

मंगलबार, भदौ २८, २०७९

आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच नै चुनावी गठबन्धन हुने निश्चितप्रायः छ। यो गठबन्धन कायम रहनुमा ठूलो दलको त्रास तथा साना दलको इगोले भूमिका खेलेको छ। करिब वर्षदिन भन्दा बढी सरकारमा सहयात्रा गरिसकेको सत्ता गठबन्धनले यो बेला चुनाबको धेरै तयारी गरिसकेको हुनुपर्थ्यो। तर गठबन्धनका सबै दल च्याँखे थाप्नमै व्यस्त छन्, जुन कामलाई यो सरकारले आगामी सरकार बनेपछि पनि निरन्तरता दिनेछ। 

triton college

गठबन्धन सरकारको निर्माण विशिष्ट परिस्थितिमा भएको थियो। तर विशिष्ट परिस्थिति निर्माण हुनुमा कुनै विशिष्ट कारण भने थिएन। समाजवादको यात्रामा देशलाई डोर्याउँछौं भन्ने दुई नेता प्रचण्ड र केपी ओलीको टकरावको परिणाममात्र थियो। विशिष्ट परिस्थितिमा निर्माण भएको सरकारले विशिष्ट काम गर्न सकेको छैन। यो विगतको सरकारझैं औषत कार्यसम्पादन गरिरहेको सरकार हो। जसलाई राज्यको एक अनिवार्य तत्व भएकोले मात्र जनताले झेलिरहेका छन्।

अन्यथा यो सरकारसँग एकरक्ति आश र विश्वास छैन। जनताको कुनै आश र विश्वास बाँकी नरहे पनि यहि गठबन्धनले विजय हासिल गर्ने सम्भावना बढी छ। गठबन्धनको विगत र वर्तमानले भविष्यको लागि कुनै उत्साह भर्न सकेको छैन। व्यवहार देखाउन नसक्नु अलग कुरा भयो। गठबन्धनको नेताले कुनै उत्साह भर्ने भाषणसम्म गर्न भ्याएका छैनन्। कहिलेकाहीँ सञ्चारमन्त्री सपनाको कुरा गर्छन्– १० वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी मुलुक बनाउने भनेर। उनको सपना यति आधारहिन छ कि त्यो एउटा समृद्धिको सपना नभएर मजाकमात्र हो। 

अहिले गठबन्धनका दल र त्यसमा आवद्ध नेताहरु आ–आफ्नै पीडामा छन्। उनीहरुको यो पीडा निकै गहिरो छ। तर गठबन्धन टिकाउनुपर्ने बाध्यतामा आफ्नो पीडालाई लुकाएर राख्न बाध्य छन्। नेपाली कांग्रेस अहिले पनि बिराट त्रासको कारण गठबन्धनको पक्षमा छ। नेपाली कांग्रेसको बुझाइ माओवादीलाई आफूसँगै राख्न सकिएन भने अर्कोतिर जान्छ। कमजोर नै सहि तर माओवादी तेश्रो दल हो। माओवादीको देशैभरि संगठन र प्रभाव छ। यस्तोमा माओवादी जसको साथ रहन्छ, निर्वाचनमा उसकै पल्ला भारी हुने निश्चित छ।

यो यथार्थ बुझेका शेरबहादुर देउवा कुनै पनि हालतमा प्रचण्डको साथ गुमाउन चाहँदैनन्। तर शेरबहादुर देउवा पनि आफ्नै दुःख, चुनौति र अप्ठ्याराले घेरिएर बसेका छन्। लोकतान्त्रिक गुण र ब्यवहारको नाममा नेपाली कांग्रेसभित्र एक स्थायी प्रतिपक्षको निर्माण भएको छ, जो रचनात्मक समर्थनभन्दा बढी संस्थापनसँग निहुँ खोज्न लालायित छ। अहिले यसको अगुवाइ शेखर कोइरालाले गरिरहेका छन्, जो आफ्नो एकल बहुमत आउने तरिकाले गठबन्धन गर्नुपर्छ भन्छन्। यो तर्कसंगत कुरा हैन, यद्यपि देउवासँग च्याँखे थाप्नलाई काफी छ। समग्रमा देउवाले गठबन्धन दलसँग मात्र दाउ छोपिरहेका छैनन्। देउवासँग पनि कोइरालाले केही अवसरको सुनिश्चितता खोजिरहेका छन्। 

corrent noodles
Metro Mart

कांग्रेसलाई ठूलो बनाउनको लागि मात्र किन गठबन्धन गर्ने? गठबन्धन गरेपछि हामी पनि ठूलो हुन पाउनुपर्छ भन्ने सोचबाट निर्देशित छन् अन्य दलहरु। गठबन्धन गरिसकेपछि यो सोच आफैंमा अस्वाभाविक भने हैन। आफ्नो सांसदको संख्या पहिलेको भन्दा बढोस् भन्नको लागि नै गठबन्धन गरिएको हो। तर संख्याको सपना यति ठूलो भयो कि भएको निर्वाचन क्षेत्रले पुगेन। यो चाहना भोलि बढ्ने सरकारमा आफ्नो प्रभाव बढी होस् भन्नको लागि पनि हो।

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्। नेपाली कांग्रेसलाई सुविधाजनक बहुमतको नजिक पुग्नु छ, ताकि भोलि गठबन्धन टुटे पनि आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न सकियोस्। अन्य दलको जनाधार कमजोर बने पनि पार्टीभित्र आंकांक्षी नेताहरु धेरै छन्। उनीहरुलाई प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य बनाउनु छ। गठबन्धनका दलहरु राजनीतिक जोडघटाउमा छन्। यो बेला आफ्नो दलको समृद्धि हेरिरहेका छन्, तर जनताको हित सोच्ने र योजना बनाउने फुर्सद छैन। 

योभन्दा अघिका चुनावमा पनि एमाले र माओवादीले चुनाबी तालमेल गर्दैगर्दा आफ्नो दलको समृद्धि नै हेरेका थिए। पछि गएर उनीहरुको पार्टी एकतामा पनि नेताको व्यक्तिगत स्वार्थले प्रमुख भूमिका खेलेको थियो। तर नेताकै स्वार्थ भए पनि एकतालाई सिद्धान्तको लेप लगाउने ठाउँ थियो। किनभने एमाले र माओवादीको दर्शन र विचारको श्रोत एकै हो।

अहिलेको गठबन्धनलाई सिद्धान्तको जलप लगाउने ठाउँ छैन। फरक विचार, सिद्धान्त र दर्शनको आडमा कार्यक्रम बनाउनु सहज काम हैन। यसका बाबजुद रुपान्तरण र समृद्धिलाई ध्यान दिए साझा कार्यक्रम बनाउन भने सक्छन्। तर साना दलका ठूला नेताका बडेमानका स्वार्थहरु छन्। ती स्वार्थले योजनाभन्दा ठूला सपना जन्माएका छन्। भलै अहिले ती सपना नेताको मस्तिष्कभित्रै सुशुप्त अवस्थामा राखिएका छन्। तर निर्वाचनपछि ती सपनाहरु छल्किने छन्, जसरी २०७४ को निर्वाचनपछि बिस्तारै प्रचण्ड पनि प्रधानमन्त्री बन्ने कुरा बाहिर आएको थियो।

प्रचण्ड प्रधानमन्त्री बन्ने कुराले नेकपामा द्वन्द्वमात्र शुरु भएन, नेताहरुबीच एक अर्कालाई परास्त गर्ने खेल पनि सुरु भयो। परिणाम– दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरियो। माधव र प्रचण्ड शेरबहादुर देउवालाई काँध थाप्न तयार भए। नेताको स्वार्थ नमिल्दा साझा सैद्धान्तिक धरातलमा उभिएको पार्टीको एकता टिक्न सकेन। यो त एक गठबन्धन मात्र हो, जसलाई आजको दिनसम्म केपी ओलीप्रतिको वितृष्णाले टिकाइरहेको छ।  

राजनीतिक दलबीचको गठबन्धन स्थायित्व र समृद्धिको लागि हुन्छ। स्थायित्व र समृद्धि देश र जनताको हितको लागि गरिएको हुन्छ। तर अहिलेको गठबन्धनको उद्देश्य स्थायित्व र समृद्धिको लागि होइन, नेताको स्वार्थको लागि बढी छ। नेताको स्वार्थका कारण एकअर्कासँग च्याँखे थाप्ने काम चलिरहेको छ। जसले सीमित नेताको हित गरे पनि बहुसंख्यक नागरिकको हित गर्दैन। 

प्रकाशित: Sep 13, 2022| 13:24 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...