शुक्रबार, जेठ १, २०८३

काठमाडौंका सडकमा आज सवारी आवागमन प्रभावित हुने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- काठमाडौंको सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।

National life

प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान करिब पौने ९  बजेतिर रवि भवन सोल्टी होटेल, कालीमाटी, टेकु, भोटे बहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल,  माइतीघर, नयाँ बानेश्वर देखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

दिउँसो साढे ३ बजे भने रवि भवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटे बहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली ,  माइतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने छ। 

त्यस्तै दिउँसो साढे ४  बजेतिर पद्मोदयमोड,  भद्रकाली,  सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटे बहाल, टेकु, कालीमाटी, रवि भवन र सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने छ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको आवतजावतका लागि विशेष व्यवस्था हुँदा सडकमा सवारी आवागमन प्रभावित हुन पुगेको हो। 

प्रकाशित: Sep 13, 2022| 10:09 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।