शुक्रबार, जेठ १, २०८३

सामाखुसीमा एक होस्टेलको छतबाट खसेर युवकको मृत्यु

सामाखुसीमा रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्टल ब्वाइज होस्टलको तेस्रो तलाबाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरुङको मृत्यु भएको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- काठमाडौंको सामाखुसीमा छतबाट खसेर एक युवकको मृत्यु भएको छ। सामाखुसीमा रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्टल ब्वाइज होस्टलको तेस्रो तलाबाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरुङको मृत्यु भएको हो। 

National life

गुरुङ एक वर्षदेखि सोही होस्टलमा बस्दै आएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

सोमबार बिहान १० बजे होस्टलको छतबाट खस्दा गुरुङ गम्भीर घाइते भएको र उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। 

ब्रिटिस गोरखामा जान उनी उक्त होस्टलमा बसेर प्रशिक्षण लिँदै आएको खुलेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Sep 13, 2022| 07:15 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।