शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री कहाँ पुग्यो मिटरब्याजी नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन

गृहमन्त्री कहाँ पुग्यो मिटरब्याजी नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन

मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न सरकारले कार्यदल नै गठन गरेको थियो। उक्त कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- नेपालमा पछिल्लो समय मिटरब्याजीहरूले दु:ख दिन थालेपछि सरकारले उनीहरूलाई कारबाहीको प्रक्रियामा ल्याउन थालेको छ।

National life

मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न सरकारले कार्यदल नै गठन गरेको थियो। उक्त कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको छ। 

कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री बालकृष्ण खाणसमक्ष प्रतिवेदन पेश गरेका छन्। 

कार्यदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट आई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वार्ता गरेको थियो। 

देशैभर मिटरब्याजीको जालो फैलिएको अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न कार्यदलले सार्वजनिक सूचना जारी जारी गरेको थियो।

हाल देशभरबाट गरी २२८९ उजुरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ। 

भदौ २६ गतेसम्म ती उजुरीमध्ये ५९ वटा फरफारक भइसकेका छन्। सातवटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अन्य सात वटामा प्रहरीद्वारा अनुसन्धान भइरहेको बताइएको छ।

मिटरब्याजीविरुद्ध उजुरी दर्तालाई निरन्तरता दिँदै उजुरीउपर छानबिन गर्ने प्रक्रियालाई सम्बन्धित स्थानीय प्रशासनले तीव्रता दिएको छ।

कार्यदलले सबै प्रदेश र विभिन्न जिल्लामा पुगी पीडितहरु, स्थानीय जनप्रतिनिधिहरू, बैंक, वित्तीय संस्था तथा सहकारीका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय प्रशासनसँग छलफल तथा अन्तरक्रिया समेत गरेको थियो। कार्यदलले काठमाडौंमा समेत सञ्चारकर्मीसँग छलफल  तथा अन्तरक्रिया गरेको थियो।

प्रकाशित: Sep 13, 2022| 07:05 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।