शुक्रबार, साउन १, २०८३

महिला हिंसा विरुद्ध मगरको आन्दोलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल– मूलुकमा महिलाहरुमाथि बढिरहेको हत्या, हिंसा र बलात्कारका घटनाहरुको विरुद्धमा मगरहरु आन्दोलित भएका छन् । 

बुटवलमा प्रदर्शन गर्दै मगर समुदायका अगुवाहरुले संविधानको साइड इफेक्टको रुपमा महिला हिंसा र बलत्कार भएको तर्क गरे । 

प्रदर्शन पछि आयोजित भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशब सुर्यबंशीले संविधानकै कारण समस्या निम्तिएको बताए । उनले भने यो जे जति भईरहेको छ संविधानको साईड इफेक्ट हो । 

राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीको चौथो जिल्ला अधिवेशनको सन्दर्भ पारेर बुटवलमा प्रदर्शन तथा भेला गरिएको थियो । 

मगर नेताहरुले सरकारले जारी गरेको मूलुकी संहिता जंगबहादुर शासनकालकै आधारभूत कुराहरुलाई समेटेर ल्याएको टिप्पणी समेत गरेको छन्। सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष एवं महिला इन्चार्ज कमला थापा, राष्ट्रिय महिला मोर्चाका केन्द्रिय अध्यक्ष चन्दा थापा, संघीय परिषद् सदस्य गीता सारु, संघीय महासभा सदस्य नरजंग गुरुङ, पार्टीका प्रदेश सचिव धनी आले, पार्टीका कार्यबाहक रुपन्देही जिल्ला अध्यक्ष मधु राना, नेपाल महिला संघ रुपन्देहीका सदस्य रिता सेन लगायतले बोलेका थिए ।

सोही कार्यक्रममा पार्टीका युवा नेता  शंकर गाहा, धनी आले र मधु रानालाई सम्मान गरिएको थियो । कार्यक्रम राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीका अध्यक्ष बिमला गुरुङको अध्यक्षता, उपाध्यक्ष ज्योती थापाको स्वागत तथा सचिव केशरी तरामु गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।