शुक्रबार, जेठ १, २०८३

बच्चा चोरीको प्रचार भ्रामक हो : प्रहरी

साइवर ब्यूरो भोटाहिटीले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्ता अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- नेपाल प्रहरीले बच्चा चोरीको प्रचार भ्रामक भएको जानकारी दिएको छ। हालसम्म प्रहरीमा कुनै पनि बालबालिका चोरी वा हराएको भनी सूचना/उजुरी नआएको भन्दै त्यस्तो प्रचार भ्रामक भएको प्रहरीले बताएको हो। 

National life

साइवर ब्यूरो भोटाहिटीले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्ता अपराधसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ। 

'भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको" भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,' प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी/सूचना प्राप्त भएको छैन। तसर्थ त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्नुहुन सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गर्दछौं।' 

सामाजिक सञ्जालमा त्यसरी भ्रामक प्रचार गर्नेलाई नेपालको प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ। 

प्रकाशित: Sep 12, 2022| 23:02 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।