शुक्रबार, जेठ १, २०८३

४ सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

हाल गृहको जिम्मेवारीमा रहेका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयमा प्रदेश नम्बर १ का प्रमुख सचिव सिंहलाई ल्याउने निर्णय गरेको हो। 

National life

हाल गृहको जिम्मेवारीमा रहेका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मेवारी तोकिएका तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ। आपूर्तिका सचिव गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा राखिएको छ। अख्तियारमा प्रधानमन्त्री कार्यालयका रामप्रसाद घिमिरेलाई पठाइएको छ।

निर्वाचन आयोगले भदौ २० गतेपछि कुनै पनि सरुवाबढुवाका काम नगर्न सरकारलाई आग्रह गरेपनि सरकारले त्यसलाई लत्याउँदै कर्मचारीको सरुवालाई रोकेको छैन। 

प्रकाशित: Sep 12, 2022| 22:38 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।