सोमबार, असार १, २०८३

मुटुरोग विशेषज्ञ डा कोइरालाले ल्याए विशेष संस्करणको ‘हृदय’

डा. कोइराला आफैंले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकालाई विशेष अतिथि बनाएर पुस्तक विमोचन गरिएको हो।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- डा भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करणको विमोचन भएको छ। कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको निर्माण सहयोगार्थ फाइनप्रिन्टले उनको पुस्तकको विशेष संस्करण ल्याएको हो। सोमबार डा. कोइरालाको सीमित संस्करणको विमोचन गरिएको हो।

National life

सीमित संस्करण एक पटकका लागि २५ सयप्रति मात्र छापिएको हो। जसको अङ्कित मूल्य २५ हजार रुपैयाँ रहेको छ। डा. कोइराला आफैंले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकालाई विशेष अतिथि बनाएर पुस्तक विमोचन गरिएको हो।

डा. कोइरालाको पुस्तक हृदयको असोजको १ गतेदेखि पुस्तकको नियमित संस्करण पनि बजारमा उपलब्ध हुने जनाइएको छ। जसको अङ्कित मूल्य काठमाडौंमा ६५० र काठमाडौं बाहिर ५७५ रुपैयाँमा उपलब्ध हुनेछ। विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले हस्पिटललाई हस्तान्तरण गर्ने फाइन प्रिन्टका निरज भारीले बताए।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) हाल काठमाडौंको बूढानीलकण्ठमा निर्माणाधीन अवस्थामा छ। साथै, त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा ५० शय्याको बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।

डा कोइरालाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाइरहेका बालबालिकाहरुको उपचारका लागि  विशिष्टीकृत बाल अस्पताल बनाउने योजना बनाएको बताए। किताबमा आफ्नो जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय लगाएत बिषय समेटिएको डा. कोइरालाले बताए।

Shivam cement

प्रकाशित: Sep 12, 2022| 21:12 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।