मंगलबार, वैशाख २९, २०८३

२०‍औँ अनशन सुरु गर्दा भक्कानिए डा केसी

उक्त माग वाचन गरेर अनशन सुरु गर्नुअघि उनी भक्कानिएका थिए। उनले कुनै पनि कुरा बोल्न भने सकेनन्। डा केसीको गला अवरुद्ध भएपछि त्यहाँ उपस्थितहरूले डा केसीका लागि पानी खोजी गरेका थिए।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

National life

धनगढी- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले २०औँ अनसन सुरु गरेका छन्। सोमबार धनगढी पुगेर उनले अनशन सुरु गरेका हुन्। अनसन थाल्नुअघि उनले सात बुँदे माग पढेर सुनाएका थिए।

अनशन सुरु गर्नुअघि उनले सम्बोधन गरिरहेका थिए। 'जसले भोट दिएर जिताए, उनीहरूले नै तिरेको करबाट उनीहरु (नेताहरू) तलवभत्ता खान्छन्। उनीहरू (नेता) चाहिँ विदेशमा उपचार गर्न जान्छन्। अनि भोट दिएर जिताउने जनता चाहिँ मर्ने? उनीहरुको चाहिँ बाँच्ने अधिकार छैन? उनीहरूको बाँच्ने अधिकार छैन?.....' यति भनेपछि डा केसीले कुनै पनि कुरा बोल्न भने सकेनन्। डा केसीको गला अवरुद्ध भएपछि त्यहाँ उपस्थितहरूले डा केसीका लागि पानी खोजी गरेका थिए। 

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्नुपर्ने, दाङ, मधेश र गण्डकीमा सरकारी मेडिकल कलेज बनाउनुपर्ने उनको माग छ। यस्तै इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माण गर्न सरकारले सम्झौता गरेपनि काम अघि नबढाइएको भन्दै उनले यी माग तत्काल पूरा गर्न आग्रह गर्दै अनशन सुरु गरेको बताएका छन्।

प्रकाशित: Sep 12, 2022| 20:48 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्