बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • संसदमा राजा चार्ल्सको पहिलो सम्बोधन, भने- मेरी आमाको शासनकाल अतुलनीय थियो

संसदमा राजा चार्ल्सको पहिलो सम्बोधन, भने- मेरी आमाको शासनकाल अतुलनीय थियो

बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएपछि बेलायती राजा बनेका चार्ल्स तृतीयले आइतबार पहिलो पटक संसदलाई सम्बोधन गरेका हुन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

लन्डन- बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन्। बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएपछि बेलायती राजा बनेका चार्ल्स तृतीयले आइतबार पहिलो पटक संसदलाई सम्बोधन गरेका हुन्। 

सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजावेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी उनले सम्बोधनका क्रममा उल्लेख गरेका थिए। 

'मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो। बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा शान्तिपूर्वक निधन भएको थियो,' उनले भपे, 'मेरी आमाको शासनकाल समर्पण र भक्तिमा अद्वितीय (अतुलनीय) थियो। दुःखी हुँदा पनि हामी यस अत्यन्तै विश्वासी जीवनको लागि धन्यवाद दिन्छौं। म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु। जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ। यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मैले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु।'

उनले क्राउन इस्टेटलगायत वंशाणुगत राजस्व समर्पण गर्ने परम्परालाई निरन्तरता दिन आफ्नो इच्छा र मनसाय दोहोर्‍याएका थिए। महारानी एलिजावेथलाई उथलपुथलपूर्ण संसारमा स्थिरताको प्रतीक बनाएको थियो। बेलायत औपचारिक शोकको चरणमा प्रवेश गरेको छ र विश्वभरबाट श्रद्धाञ्जली अपर्ण गर्नेहरूको संख्या उल्लेख छ। 


प्रकाशित: Sep 12, 2022| 20:21 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।