शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झापामा ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

झापामा ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

झापा- झापाको भद्रपुरमा सोमबार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

National life

भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड–२ का २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय  बुद्धलाल राजवंशीसमेत घाइते भएका थिए। घाइते बालिकासहित तीनै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। 

ट्रक चालक पाँचथर हिलिहाङ–६ का २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रकाशित: Sep 12, 2022| 18:43 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।