शनिबार, फागुन ३०, २०८२

स्वास्थ्य मन्त्रालयले भन्‍यो- कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउनु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ। 

National life

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, 'दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने हुनाले, डेङ्गु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुनु र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीमा अनुरोध छ।'

डेङ्गु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो। डेङ्गुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीव्र बनाइएको समेत उनले बताए। 

मन्त्रालयले डेङ्गु रोगको बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको जनाएको छ। मन्त्रालयले डेङ्गु नियन्त्रणको उपायका बारेमा विशेषज्ञसँग नियमित परार्मश बैठक र विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 12, 2022| 18:08 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्