शनिबार, फागुन ३०, २०८२

द ब्रिटिस कलेजका ४१५ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । कलेजका अनुसार यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । कलेजका अनुसार यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो चारणमा विजनेशका र दोस्रो चरणमा आईटीका विद्यार्थीहरु दीक्षित भएका हुन् ।

National life

हायत रिजेन्सी होटेलमा आयोजित समारोहको उद्घाटन कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेँलले गरेका थिए भने स्वागत मन्तव्य कलेजका सीईओ राजन कँडेलले गरेका थिए ।

कार्यक्रममा कलेजका एसोसियट डिन अरुण जोशीले दीक्षित विद्यार्थीहरुलाई प्रेरणाको सन्देश दिंदै आगामी दिनका लागि सफलताको कामना गरे ।

कार्यक्रममा सहभागी बेलायती विश्वविद्यालयका प्रतिनिधिहरुले दीक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । बीबीए विद्यार्थी तथा जोन्टा छात्रवृत्ति जितेकी रुवी शाहले पनि आफ्नो भनाइ राखेकी थिइन् ।

कलेजका अनुसार स्टुडेन्ड एक्सिलेन्स अवार्ड आईटीबाट रक्षा लामा मोक्तान र बीबीएबाट आयुष श्रेष्ठले प्राप्त गरेका थिए ।

Laxmi sunrise bank
kumari

कार्यक्रममा ब्रिटिस काउन्सिलकी बिजनेश म्यानेजर क्रिस्टिना कंसकार, इन्टरनेशनल पार्टनरसिप्सका प्रमुख प्याट्रिसिया भोयडोन, नेपालका लागि युडब्लुइ कन्ट्री म्यानेजर सुजन घिमिरे, एकेडेमिक्सका भाइस चान्सलर फिल कार्डियु, दक्षिण एसियाका लागि एलबियु रिजनल प्रमुख जयश्री रघुरामको उपस्थिति रहेको थियो ।


प्रकाशित: Sep 12, 2022| 16:51 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्