आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • क्रिकेट रंगशाला निर्माणमा ओलीबाट सहयोग नपाएको बदला लिन खोजेका हुन् धुर्मुसले?

Siddartha premir insuranceSiddartha premir insurance

क्रिकेट रंगशाला निर्माणमा ओलीबाट सहयोग नपाएको बदला लिन खोजेका हुन् धुर्मुसले?

चितवनमा निर्माण हुँदै गरेको क्रिकेट रंगशालालाई आर्थिक अभावले पिरोलेसँगै १६ करोड ऋणमा डुबेका धुर्मुसले तत्कालीन ओली सरकारलाई गुहारे पनि सहयोग पाएनन्। ओली सर्वसम्मत भएको झापा–५ बाट आफ्ना भाइ जिग्रीलाई उठाएर बदला लिने सुरमा छन् सीताराम?
 |  सोमबार, भदौ २७, २०७९
nespernesper

राज सरगम

राज सरगम

सोमबार, भदौ २७, २०७९

 काठमाडौं– टेलिशृंखला मेरी बास्सै र देश–विदेशमा कन्सर्ट गरेर राम्रै आम्दानी गरिरहेका थिए, हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले। ओखलढुंगाबाट बसाइँ सरेर झापाबाट काठमाडौं आएका धुर्मुस छोटो समयमै स्थापित भए। सहकर्मी साथी कुञ्जना घिमिरे ‘सुन्तली’सँग विवाह गरे। एक सन्तान जन्माए। 

triton college

आफ्नो लोकप्रियताको आलोकमा टेकेर उनले सामाजिक कार्य सुरु गरे। धुर्मुस–सुन्तली फाउन्डेसन नाम राखेर २०७२ सालमा भूकम्पपीडितका लागि घर बनाए। उनलाई देश–विदेशमा भएका नेपालीले आर्थिक सहयोग गरे। उनी हौसिए र क्रमशः काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर, रौतहटमा मुसहरका लागि एकीकृत नमुना बस्ती बनाए। १६ माघ २०७५ देखि भरतपुर महानगरपालिका–१५ मा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा हात हाले। 

कलाकारबाट अभियन्ता बनेका धुर्मुसले २०७८ सुरुआतताका ३५ प्रतिशत निर्माण सम्पन्न भएको रंगशालालाई अचानक रोक्नुपर्यो। यसको कारण थियो, आर्थिक अभाव। १६ करोड ऋण लागेपछि रंगशाला निर्माण अगाडि बढाउन सरकारलाई गुहारे, धुर्मुसले। तर तत्कालीन प्रधानमन्त्री केपी ओलीले धुर्मुसले आँटेको कामलाई होस्टेमा हैंसे गर्न सकेनन्। 

अन्तिममा रंगशाला निर्माण अधुरै रह्यो। अहिले त्यही अधुरो सपना पूरा गर्न आफ्ना भाइ हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’लाई झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दिन हौस्याएका छन्, जुन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको चुनावी क्षेत्र हो। एमाले अध्यक्ष ओली झापा–५ बाट सर्वसम्मत सिफारिस भइसकेका छन्।

हास्य क्षेत्रमा गतिलो छवि बनाउँदै समाजसेवी तथा युवा अभियन्ता बनेका जिग्रीले स्वतन्त्र उम्मेदवारी दिएर ओलीलाई हराउने सपना देखेका छन् भने धुर्मुसले क्रिकेट रंगशाला निर्माण सहयोग नगरेको बदला झापा–५ मा पोख्ने मौका पाएका छन्।  

Metro Mart
vianet

सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्व गरिरहेको स्वतन्त्र उम्मेदवारको लौरो अभियानअन्तर्गत धुर्मुसले नै उम्मदेवारी दिन सक्थे। उनलाई चाहनेले पनि जिताउन सक्थे। तर उनले भाइ कुमारलाई अगाडि सारे। सायद धुर्मुसले यस पटक झापा–५ का जनताको मनोविज्ञानलाई बुझ्ने कोसिस गरेका हुन सक्छन्। 

राजनीतिक करिअरदेखि नै निरन्तर पकड रहेको क्षेत्रमा एउटा कलाकारले दिने स्वतन्त्र उम्मेदवारी र निम्छरो राजनीतिले ओलीलाई सजिलै पराजित गर्न भने गाह्रै छ। किनकि, एमालेले भावी प्रधानमन्त्रीको रूपमा समेत अघि सारेका ओली सातौं पटक झापा–५ बाट चुनावी मैदानमा उठ्दै छन्। 

२०४८ को संसदीय निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गर्दै संसद् पुगेका थिए, ओली। दोस्रो पटक २०५१ को संसदीय निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए। तेस्रो पटक २०५६ को संसदीय निर्वाचनमा ओलीले कांग्रेसकै काशीलाल ताजपुरियालाई पराजित गरेका थिए।

चौथो पटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ओली पहिलो पटक नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित हुन पुगे। पाँचौं पटक २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका सुरेशकुमार योङ्गयालाई पराजित गरेर निर्वाचित भए। छैंटौं पटक २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै निर्वाचित भए, ओली। सातौं पटक २०७४ मा एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेको थियो। आगामी ४ मंसिरमा हुने निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गर्नेबारे अहिले दुवै पार्टीबीच छलफलमा छन्।

चितवनमा निर्माण हुँदै गरेको क्रिकेट रंगशालालाई आर्थिक अभावले पिरोलेसँगै १६ करोड ऋणमा डुबेका धुर्मुसले तत्कालीन ओली सरकारलाई गुहारे पनि सहयोग पाएनन्। ओली सर्वसम्मत भएको झापा–५ बाट आफ्ना भाइ जिग्रीलाई उठाएर बदला लिने सुरमा छन् सीताराम? 

एक पटकबाहेक निरन्तर झापा–५ मा आफ्नो प्रभाव छाडेका ओलीका प्रतिद्वन्द्वीका रूपमा कुमारले स्वतन्त्र उम्मेदवारी दिनु भनेको धुर्मुसकै हिम्मतले हो। यसको कारणचाहिँ धुर्मुसको लोकप्रियता ओलीभन्दा कम छैन। 

दर्जनौं चलचित्रमा अभिनय गरेका धुर्मुस र भाषणबाजीमा माहिर ओलीको स्थायी घर झापा गौरादह हो। एकै क्षेत्रका नेता ओली र कलाकार धुर्मुस सँगै मञ्चमा उभिएका पनि छन्। ओलीको बोली नक्कल गर्न माहिर धुर्मुसले उनी प्रमुख अतिथि भएको मञ्चमा कलाकारिताबाट सचेत गराएका छन्। आफ्नै गाउँ–ठाउँका नेता भएका नाताले पनि ओलीले रंगशाला निर्माणमा सहयोग गर्लान् भन्ने आशमा थिए, धुर्मुस। ओली कार्यकालमा एकाधबाहेक धुर्मुसले उनलाई भेटेका थिए। ओलीले यतिउति सहयोग गर्छु नभने पनि सरकारी निकायसँग समन्वय गरेर अगाडि बढ्नसम्म भनेका थिए। तर कुनै सहयोग पाएनन्, धुर्मुसले। 

ठूलो बहुमतको सरकारका प्रधानमन्त्री ओलीकै पालामा धुर्मुस–सुन्तली रंगशाला निर्माणका कारण जनतामाझ लोकप्रिय भए। सामाजिक कामले जनताको मन जिते। काम गर्नेहरूलाई जनताले जहिले पनि सम्मान गरिरहेका हुन्छन्। एक वा दुई जनाले आँट गर्दा ठूला विकास निर्माणका काम हुन सक्छन् भने नमुना उनले तत्कालीन सरकारका अगाडि देखाइदिए। तर ओलीलाई खासै फरक परेन। 

जनताको काम गरेर उनीहरूको मनमा बस्न तत्कालीन सरकारलाई कसैले नरोके पनि ओली नै गम्भीर भएनन्। निःस्वार्थ भाव लिएर सामाजिक कार्यमा लागेका धुर्मुसको कर्ममाथि ओली गम्भीर नभएकै कारण भाइलाई प्रतिद्वन्द्वी बनाएर उभ्याए, धुर्मुसले। 

झापा–५ बाट ओलीले जिते पनि, कुमार कट्टेलले जिते पनि हसाउने क्षमता दुवैमा छ भनिरहँदा कलाकार राजनीतिमा कति गम्भीर हुन्छन् भन्ने उदाहरण काठमाडौं महानगरका मेयर बालेन शाहलाई बिर्सन मिल्दैन। कतिपयले धुर्मुसलाई कुमारको जितबाट बिजोग भएको रंगशाला निर्माण सम्पन्न गर्न सक्ने सम्भावना देखाएर व्यंग्य गरेका छन्। रोकिएको काम अगाडि बढाउन स्वतन्त्र उम्मेदवार कति बलिया हुन्छन् भन्ने उदाहरण बनेका बालेनबाट पनि अबका स्वतन्त्र उम्मेदवारले सिक्न सक्छन् ।

धुर्मुस यतिबेला भाइ कुमारसँग घनिभूत छलफलमा लागेका छन्। झापा–५ का जनताले सिर्जनशील र भिजन भएका युवा नेता नै खोजेका बेला परम्परागत नेता ओलीको हार नहोला भन्न सकिन्न ।  

‘स्वतन्त्र सरकार निर्माण गरौं, भ्रष्टहरूलाई बिदाइ गरौं’ नारासहित चुनावी मैदानमा होमिएका कुमारले जिते भने अधुरो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण पूरा गर्न पनि सक्लान्। तर कुमार ओलीबाट पराजित भए पाँच वर्षपछि धुर्मुसको राजनीति मार्ग भने स्पष्ट नहोला भन्न सकिन्न। 

प्रकाशित: Sep 12, 2022| 19:23 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...