सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • नेपालको ज्ञान भूमिलाई प्राज्ञिक विमर्शमार्फत विश्वसामु चिनाउनुपर्छ : राष्ट्रपति भण्डारी

नेपालको ज्ञान भूमिलाई प्राज्ञिक विमर्शमार्फत विश्वसामु चिनाउनुपर्छ : राष्ट्रपति भण्डारी

प्रतिष्ठानले नेपालको बहुलता सम्बोधन गर्ने गरी १० वटा पुरस्कार स्थापना गरेर प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका स्रष्टालाई सम्मान गर्दै आएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकी छन्। सोमाबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

National life

राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ। ज्ञान दर्शन र औषधी दर्शनलाई उद्घाटन गर्नु छ। प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।’ 

प्रतिष्ठानले गर्ने कविता महोत्सवले अन्तरपुस्तागत समूहलाई प्रोत्साहन गरेको उल्लेख गर्दै उनले १ लाख २८ हजार बढी शब्द संग्र्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, ‘तस्बिरमा नेपाल’ को अंग्रेजी संस्करणजस्ता कृति प्रकाशन भइरहनुपर्ने बताइन्। दुवै कृति  राष्ट्रपति भण्डारीले विमोचन गरिन्। ‘सनातन संस्कृति कोष’, ‘नेपाल दर्पण’जस्ता पुस्तक प्रतिष्ठानले प्रकाशनको तयारी गरेकामा पनि उनले सराहना व्यक्त गरिन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटा संग्र्रहालय तयार भएको जानकारी दिए ‘प्रतिष्ठानले लेखक साहित्यकार परिचय कोश प्रकाशनको तयारी गरेको छ। प्राज्ञिक योजना पूरा गर्न सरकारले साथ दिन्छ। यसअघिका शब्दकोशको मोबाइल एप सार्वजनिक भएजस्तै सोमबार विमोचन भएको प्रज्ञा बृहत् नेपाली शब्दकोशको पनि मोबाइल एप सार्वजनिक हुन्छ’, उनले भने। 

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालको बहुलता सम्बोधन गर्ने गरी १० वटा पुरस्कार स्थापना गरेर प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका स्रष्टालाई सम्मान गरिँदै आएको  बताए। नेपालभित्र र बाहिर जहाँसुकै रहे पनि नेपालको प्राज्ञिक चिनारी विश्वमा पुर्‍याउने स्रष्टालाई स्थापित पुरस्कारबाट सम्मान गर्ने गरिएको उनको भनाइ छ।  

Shivam cement

प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, साहित्य (पद्य, काव्य) विभाग प्रमुख प्राडा. हेमनाथ पौडेल, प्राज्ञ सभा सदस्य शशी लुमुम्बूलगायतले यसै वर्षदेखि संस्कृति, दर्शन र सामाजिकशास्त्र विषयमा पनि प्रज्ञा पुरस्कार स्थापना गरी पहिलो पटक वितरण गर्न पाएकामा खुसी व्यक्त गरे। 

कार्यक्रममा प्रा विद्यानाथ उपाध्याय भट्टलाई नेपाल प्रज्ञा दर्शनशास्त्र, नरबहादुर दाहाललाई भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य, रामचन्द्र भट्टराईलाई नेपाल प्रज्ञा नेपाली साहित्य, डा. नयनाथ पौडेललाई नेपाल प्रज्ञा सामाजिक शास्त्र, प्राडा. गोविन्दराज भट्टराईलाई नेपाल प्रज्ञा अनुवाद, खेन्पो ङ्वाङ वोसेर लामालाई नेपाल प्रज्ञा मातृभाषा (शेर्पा भाषा) साहित्य र शर्मिलाकुमारी चौधरीलाई नेपाल प्रज्ञा मातृ भाषा (थारु भाषा) पुुरस्कार प्रदान गरियो। पुरस्कारको राशि ५ लाख रहेको छ।

यसैगरी राष्ट्रिय कविता महोत्सव २०७९ मा पहिलो हुने टीका आत्रेय (सुनसरी), दोस्रो हुने यात्रीप्रकाश पाण्डे (धादिङ), तेस्रो हुने सीता तुम्खेवा (भक्तपुर), किरण सिवा (सुनसरी) र कमलराज केसी (अछाम) लाई पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारको राशि क्रमशः ५० हजार, ४० हजार ३० हजार रहेको । कार्यक्रममा सम्मानित व्यक्तित्व दाहालले मन्तव्य व्यक्त गर्दै विश्वको जुनसुकै स्थानमा गएर बसे पनि नेपालीको भाषा, साहित्य र संस्कृति एउटै हुने अनुभव सुनाए।

प्रकाशित: Sep 12, 2022| 15:23 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।