शुक्रबार, जेठ १, २०८३

एम्बुलेन्स चलाउन 'भिषण सांगीतिक साँझ' हुने

एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

National life

काठमाडौं– एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो। 

भोजपुरे सेवा समाज काठमाडौंले एकल साँझको आयोजना गर्न लागेको हो। राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए। नेपाल जेष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ–३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्थापन सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको मुकारूङको भनाइ छ। ‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो। यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ मुकारूङले सुनाए।  

मुकारुङ भोजपुरको ट्याम्के मैयुङ–३ अन्नपूर्णका हुन्। दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन्। उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन्।

प्रकाशित: Sep 12, 2022| 14:10 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।