शनिबार, फागुन ३०, २०८२

तालाबन्दीका कारण त्रिविका कर्मचारीले पाएनन् असारदेखिको तलब

त्रिभुवन विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरुले तालाबन्दीका कारण गत असारदेखि पारिश्रमिक (तलब) नपाएको त्रिविले बताएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरुले तालाबन्दीका कारण गत असारदेखि पारिश्रमिक (तलब) नपाएको त्रिविले बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै त्रिविले तालाबन्दीका कारण निर्वाध रुपमा आफ्ना गतिविधि गर्न नसकिरहेको बताउँदै तलबभत्ता खुवाउन नसकेको जनाएको हो।

‘बडादसैं, दीपावली, नेपाल सम्वत्, छठलगायत नेपालीहरुका महान् चाडहरु आएको अवस्थामा पनि भइरहेको तालाबन्दीका कारण कार्यरत शिक्षक, कर्मचारीहरुको २०७९ असार महिनादेखिको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीले पेन्सन पाउन नसकेको, निवृत्त भएका शिक्षक तथा कर्मचारीहरुको निवृत्तिभरण तथा उपदानको प्रकृया अगाडि बढ्न नसकेको विद्यार्थी तथा अन्य सेवाग्राहीले समयमा पाउनुपर्ने सेवा प्राप्त गर्न नसकेको अवस्था छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षक, कर्मचारी एवं सम्पूर्ण सेवाग्राहीको मर्म र निराशालाई समयमै सम्बोधन नहुँदा निराशा आक्रोशमा नबदिएला भन्न सकिन्न।’

पेशाकर्मीहरुले पेशागत धर्म निर्वाह गरेबापत मासिक रुपमा पाउनुपर्ने पारिश्रमिक लगायतका सुविधाहरुबाट वञ्चित हुनुपरेकोमा त्रिविले दुखेसो पोखेको छ।


प्रकाशित: Sep 12, 2022| 14:05 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्