सोमबार, असार १, २०८३

स्थानीय तह चुनावको खर्च विवरण नबुझाउनेलाई उम्मेदवार बन्न रोक

स्थानीय तह चुनावका १ लाख १५ हजार उम्मेदवारले बुझाएनन् खर्च विवरण।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९
National life
Shivam cement

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा  स्थानीय तह चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गरिने उनको भनाइ छ।

उनीहरूलाई ५ लाख रुपैयाँ जरिमाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने उनले बताए। ‘कारबाहीमा परेपछि २–३ असोजमा हुने समानुपातिक बन्दसूचीमा रहन मिल्दैन। २३ असोजको प्रत्यक्षमा उम्मेदवार मनोनयन हुँदैन,’ थपलियाले भने।

स्थानीय तह चुनावमा खर्च विवरण नबुझाउनेमाथि कारबाहीको निर्णय सोमबार नै  गरिने उनले जानकारी दिए। ‘कारबाहीमा परेपछि समानुपातिक र प्रत्यक्षमा उम्मेदवार हुन आए आयोगले फर्काइदिन्छ,’ उनले भने ।

प्रकाशित: Sep 12, 2022| 13:21 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...