शुक्रबार, जेठ १, २०८३

मिटरब्याज पीडितमाथि प्रहरीको डण्डा, १३ जना पक्राउ

सुदखोरबाट प्रताडित मिटरब्याज पीडितहरुमाथि प्रहरीले डण्डा बर्साएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं– सुदखोरबाट प्रताडित मिटरब्याज पीडितहरुमाथि प्रहरीले डण्डा बर्साएको छ। ४१  दिनदेखि न्यायका लागि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका पीडितमाथि प्रदर्शनका लागि आउने क्रममा प्रहरीले कीर्तिपुर गेटनजिक आक्रमण गरेको हो।

National life

सोमबार बिहान ८ बजे प्रहरी पीडितहरु टहरा बनाएर बसिरहेको कीर्तिपुरस्थित खुला स्थानमा पुगेको थियो। त्यहाँ पुगेर प्रहरीले उनीहरुलाई प्रदर्शन गर्न जान प्रहरीले रोक्न खोजेको थियो। ‘४१ औं दिन प्रहरीले माइतीघरमा प्रदर्शनका लागि जान रोक्न खोजेको थियो, पीडितलाई लिन आएको गाडी पनि फर्कायो,’ अभियन्ता नीर्ग नवीनले भने, ‘तर हिँडेरै पनि प्रदर्शनमा जान्छौँ भनेर हिँडेका पीडितहरुमाथि कीर्तिपुर गेटनजिक प्रहरीले आक्रमण गर्यो।’

प्रहरीले महिला, वृद्धहरुलाई समेत अमानवीय ढंगले कुटेको आरोप उनको छ। कुटपिटबाट ५ जना किसान र युवाहरु घाइते भएको उनले बताए।

प्रहरीले माइतीघर मण्डलामा प्रदर्शनका लागि जान रोकेपछि पीडितहरुले सरकारविरुद्ध नारा लगाएका थिए। त्यसपछि घेराबन्दी गरेर प्रहरीले कुटपिट गरेको अर्का अभियन्ता सुर्जन तिवारीले जानकारी दिए।

उक्ट घटनापछि प्रहरीले १३ जना पीडित किसान र अभियन्तालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ।

पहिलोपटक जेठ २७ गते काठमाडौं आई आन्दोलन गरेका उनीहरु सरकारले पीडिकलाई नै प्रोत्साहन गरेको भन्दै दोस्रोपटक काठमाडौं आएका थिए।



प्रकाशित: Sep 12, 2022| 13:14 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।