शुक्रबार, जेठ १, २०८३

ट्रकको ठक्करबाट सर्लाहीमा पैदलयात्रीको मृत्यु

हरिवन नगरपालिका वडा नम्बर-९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

जनकपुरधाम- सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। हरिवन नगरपालिका वडा नम्बर-९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

National life

सोमबार बिहान ४ बजेको समयमा हरिवन १० नयाँरोड चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा मिर्चैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नम्बरको गहुँलोड भएको ट्रकले पैदलयात्री ठक्कर दिएको थियो।

रायमाझीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

यता ठक्कर दिने ट्रक र ट्रकचालक सिरहाको मिर्चैया नगरपालिका-९ का ३७ वर्षीय ललित चौधरी प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित: Sep 12, 2022| 11:58 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।